गठबन्धन देशकै अभिसाफ हो – केपी ओली

समाचार शेयर गर्नुहोस्

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन देशकै अभिसाफ भएको बताउनुभएको छ । एमाले चितवनले गेष्ट हाउस चौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनले जितेमा ६ महिना सरकार बनाउनै नसक्ने जीकिर गर्नुभयो।                                                                                                                                                                                     

 

‘घोषणापत्र अलग अलग छन्, अनेक दिशातिर मुख फर्काएका छन् ‘, उहाँले भन्नुभयो, ‘नक्कली औषधि जस्तो छ, एक्सपायर भैसकेको छ, अस्थिरताको खेती हुन दिनुहुदैन । ’ उहाँले सुदृढ राष्ट्रिय शक्तिको नेतृत्व एमालेले गर्ने बताउनुभयो । गठबन्धनले जितेमा देश वर्वाद हुने टिप्पणी गर्नुभयो ।   स्वार्थीहरुको झुण्डको झगडालु सरकार छू, पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, मंसिर ४ पछि गठबन्धन धरमराउने वाला छ । एमालेको चुनावी घोषणापत्र देश निर्माणको मार्गचित्र भएको बताउनुभयो । स्वतन्त्र पार्टीलाई इङगित गर्दै उहाँले युवाहरु चुनावमा उम्मेदवार बन्दैमा तर्सिएर गाडी तोडफोडमा गठबन्धन लागेको आरोप लगाउनुभयो

 

‘एउटा घण्टी बजाउदैमा ढुंगाले हान्नुपर्थ्यो ’, उहाँले भन्नुभयो, ‘मञ्च तल केटाकेटी नाच्दैमा डान्सरहरु डराउनुपर्ने कुनै कारण छैन । ’ उहाँले स्वतन्त्र पार्टीका उम्मेदवारले जनताको घरदैलोमा जादा बाटो समेत नचिनेर अल्मलिरहेको व्यङ्ग्य गर्नुभयो । प्रत्यक्ष र समानुपातिक गरेर एमालेले १ सय ५० सिट जित्ने दावी गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको