चितवन राष्ट्रिय निकुञ्जमा चार महिनामा ४९ वन्यजन्तुकाे मृत्यु

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो एक वर्षमा चोरीसिकारीले दुर्लभ एकसिङ्गे गैँडा मार्न पाएका छैनन् । गत आर्थिक वर्ष २०७८/७९ को साउन ११ गते निकुञ्जको माडी क्षेत्रमा एउटा गैँडा चोरीसिकारीले मारेका थिए । खाग चोरी भएको अवस्थामा मृत गैँडा मृत फेला परेको थियो । सोही वर्षको असोज ११ गते अर्काे एउटा गैँडा माडी क्षेत्रमै मृत फेला परेको थियो ।

गैँडाको शरीरमा भाला हानिएको थियो, तर खाग भने सुरक्षित थियो । खाग सुरक्षित भएकाले कसैले वन्यजन्तुसँग प्रतिशोधका कारणले मारेको हुन सक्ने निकुञ्जको अनुमान छ । निकुञ्जबाट निस्किने जनावरले दुःख दिइरहने भएकाले प्रतिशोध साँधेर उक्त गैँडा मारेको हुन सक्ने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी बताउँछन् । त्यसयता चोरीसिकारीले गैँडा नमारेको उनको भनाइ छ ।

चालू आर्थिक वर्ष २०७९/८० को चार महिनामा भने दुई गैँडासहित ४९ वन्यजन्तु मरेका छन् । एउटा गैँडा प्राकृतिक कारणले मरेको हो भने एउटा गैँडा मानवीय लापर्बाहीले मरेको हो । गएको असोज २७ गते खैरहनी नगरपालिकाको इचर्नीमा बंगुर फार्ममा जडान गरिएको विजुलीको तारबाट करेन्ट लागेर एउटा गैँडाको मृत्यु भएको थियो । उक्त घटनाको अनुसन्धान जारी रहेको निकुञ्जले बताएको छ ।

गत आर्थिक वर्षमा वन क्षेत्रमा चारसहित ४१ गैँडा मरेका थिए । चालू आवको हालसम्म मरेका ४९ वन्यजन्तुमध्ये प्राकृतिक कारण (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमण)ले २६ वन्यजन्तु मरेका छन् । त्यस्तै कुकुरको आक्रमणबाट १८, सडक दुर्घटना, विद्युतीय करेन्ट र दल

चालू आवमा तीनवटा अर्ना प्राकृतिक कारणले मरेका हुन् । त्यस्तै, सरकारी र घरपालुवा गरी दुईवटा हात्ती मरेका छन् । दुईवटै हात्ती बिरामी भएर मरेका उनले बताए । यस अवधिमा २८ चित्तल मरेका छन् । तीमध्ये प्राकृतिक कारणले ९, कुकुरको आक्रमणबाट १७, दलदलमा फसेर एक र सडक दुर्घटनाबाट एक चित्तल मरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।

गौरीगाई र घडियाल गोही तीन÷तीन, जरायो र कछुवा दुई÷दुई र चितुवा, बँदेल, गौरीगाई र धनेश एक÷एकवटा मरेका छन् । निकुञ्जले चार महिनामा ६९ वटा वन्यजन्तुको उद्धार गरेको छ । यस अवधिका दुई गैँडा, तीन बाघ, मगर गोही पाँच, चित्तल दुई, अजिङ्गर ५०, सर्प पाँच, गोहोरो र मयूर एक÷एकवटाको उद्धार गरिएको निकुञ्जले बताएको छ ।

दलमा परेर एक/एक वन्यजन्तु मरे भने दुईवटाको कारण नै पत्ता नलागेको तिवारीले बताए ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like