काठमाडौंमा अाज सत्ता गठबन्धनले आज कोटेश्वरमा चुनावी सभा गर्ने

समाचार शेयर गर्नुहोस्

सत्तारुढ गठबन्धनले आज काठमाडौंको कोटेश्वरमा चुनावी सभा गर्दैछ । गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा हुन लागेको चुनावी सभामा गठबन्धनका प्रभावशाली नेताहरुसहित उम्मेदवार ओनसरी घर्तीमगरले सम्बोधन गर्नेछन् । सभा दिउँसो २ बजे कोटेश्वरमा आयोजना गरिएको छ ।

काठमाडौं । सत्तारुढ गठबन्धनले आज काठमाडौंको कोटेश्वरमा चुनावी सभा गर्दैछ । गठबन्धनको काठमाडौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा हुन लागेको चुनावी सभामा गठबन्धनका प्रभावशाली नेताहरुसहित उम्मेदवार ओनसरी घर्तीमगरले सम्बोधन गर्नेछन् । सभा दिउँसो २ बजे कोटेश्वरमा आयोजना गरिएको छ ।

आज मध्यरातदेखि स्थिर अवधी सुरु हुने भएकोले यो नै सत्तागठबन्धनको अन्तिम ठुलो चुनावी सभा हुनेछ । चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगन थापा, गठबन्धनबाट क्षेत्र नम्बर–२ को साझा उम्मेदवार पूर्वसभामुख ओनसरी घर्तीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

यही मंसिर ४ मा हुने निर्वाचनका लागि काठमाडौं(२ मा गठबन्धनबाट प्रतिनिधि सभामा पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य घर्ती, प्रदेशसभा (क) मा कांग्रेसका ध्रुव केसी र प्रदेशसभा (ख) मा एकीकृत समाजवादीका भरतप्रसाद फुँयाल उम्मेदवार छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको