अझै पनि पुगेन मतदाता शिक्षा

लुम्बिनी — रूपन्देहीको मायादेवी गाउँपालिका–७ की जमतिरा कुर्मी आगामी निर्वाचन’bout अन्योलमा छिन् । उनले ठूलठूला स्पिकरमा घन्किएका नेताका प्रचारबाहेक अन्य केही जानकारी नपाएकाले कहाँ, कतिबेला र कहिले मत हाल्ने विषय आफ्नो ज्ञानभन्दा पर रहेको बताइन् । ‘सिकाउन आए भने नबिगारी मत हालम्ला,’ उनले भनिन्, ‘अहिलेसम्म कोही आएका छैनन्, हामी धान काट्न व्यस्त छौं, आएर सिकाए दिम्ला ।

गत स्थानीय निर्वाचनमा दलका प्रतिनिधिले सिकाएअनुसार मत दिएकाले यसपटक पनि कोही न कोही सिकाउन आउने आशमा उनी छिन् । ‘नेताले आफ्नो पार्टीको बताएर जान्छन्, हाम्रो इच्छा केमा दिने भन्ने मनमा हुन्छ,’ उनले भनिन्, ‘त्यसैले स्वयंसेविका आए गज्जब हुन्थ्यो

कुर्मीजस्तै सम्मरीमाई–२ की सबनम केवट पनि मतदान गर्ने तरिका नजानेकाले अलमलमा छिन् । कसैले मत कसरी दिने भनी सोधिहालेमा जवाफ नआउने उनले बताइन् । ‘जनताले मत दिँदा नबिगारुन् भनेर सरकारले पैसा खर्च गरेर खटाएको छ रे,’ उनले भनिन्, ‘ती कहाँ जान्छन्, खोई हामीलाई त सिकाएका छैनन् ।’ अब केही दिन बाँकी रहेकाले आउलान् कि भन्ने आशा रहेको उनले जनाइन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदो छ । आफ्नो पोल्टामा जित निकाल्न विभिन्न राजनीतिक दलका नेता यतिबेला घरदैलो तथा कोणसभा गर्दै मतदाता फकाउन व्यस्त छन् । वर्षभरि मिहिनेत गरी धान भित्र्याउने चटारोमा जुटेका किसानलाई भने चुनावी रौनकले छोएको छैन । उनीहरू मतदान हुने दिन कहिले र कतिवटा मतपत्रमा मत दिने भन्नेमै पनि अन्योलमा छन् । यसरी नजानीकन मत दिए भने धेरै मत बदर हुन सक्ने देखिन्छ ।

रूपन्देहीको देहात मानिने मधेसी बस्ती रहेका पालिकामा ठूलठूला स्पिकरमा मत दिन अपिल गर्दै प्रचार गरिरहेका नेता वा दलले समेत मतदातालाई कसरी मत दिने भन्ने विषय सिकाउन सकेका छैनन् । त्यसो त निर्वाचन कार्यालयले मतदातालाई शिक्षा दिन कर्मचारी र स्वयंसेविका खटाएको जनाएको छ । तर, अहिलेसम्म पनि ती किसानका बीचमा पुगेको देखिँदैन

मायादेवी गाउँपालिका–६ की सलिमुन्निमा मुसलमानले घरघरमा आएर मत दिन नसिकाए धेरै मत बदर हुन सक्ने बताइन् । उनले गृहिणीलाई घरमै आई मतदाता शिक्षा दिनुपर्ने सुझाइन् । ‘यहाँ महिलाको संख्या र भोट दुवै धेरै छ,’ उनले भनिन्, ‘सबैले जान्दैनन्, सिकाउन छुटे, मत बदर हुन्छ ।’ मत दिने अधिकार आफूहरूको भएकाले जसलाई मत दियो, उसलाई आफ्नो मत सही तरिकाले जाओस् भन्ने अपेक्षा रहेको उनको भनाइ छ ।

विभिन्न काम गर्छौं भनी नारा लगाउँदै हिँडेका दलका उम्मेदवारले मत माग्दा आफ्नो दलमा कसरी मत हाल्ने भनी आफ्नो नाम भएको स्थान मात्र जनाएको र अन्य मतपत्र’bout केही नभनेको अर्का मतदाता सन्तराम जैसवालको भनाइ छ । नेताको काम मत माग्दा मात्र आउने भएको र कर्मचारीले पैसा पाउने भएपछि झारा टार्ने गरी काम गर्ने गरेको उनले आरोप लगाए ।

निर्वाचन अधिकृतको कार्यालय रूपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारीले भने मतदाता शिक्षाका लागि कात्तिक १५ देखि नै १६ वटै पालिकाका १ सय ५५ वडामा मतदाता शिक्षा सञ्चालन गरिएको बताए । ‘मतदाता शिक्षा कार्यकर्ताले महिला समूह होस्, बुबाआमा समूह वा गाउँघरमा स्थापना गरेका संस्था किन नहून्, त्यहाँ पुगेर शिक्षा प्रदान गरी सबैलाई सिकाउन आग्रह गर्ने काम भइरहेको छ,’ उनले भने, ‘यसरी शिक्षाका लागि हामी खटिरहेकाले मत बदर नहुने विश्वास छ ।’ गत स्थानीय तहको निर्वाचनमा रूपन्देहीमा ७५ प्रतिशत मत खसेकामा पूर्णतर्फ २ र आंशिकमा १० प्रतिशत मात्रै मत बदर भएको उनले बताए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like