देवचुलिमा स्थगित भएकाे मतदान आज हुने

समाचार शेयर गर्नुहोस्

नवलपरासी । पूर्वी नवलपरासीमा मतपेटिकामा आगलागी भएपछि रोकिएको मतदान प्रक्रिया आज सोमबार हुने भएको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले मतपेटिका जलेको मतदान केन्द्र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–४ मा रहेको शान्ति सिर्जना मतदान केन्द्रमा प्रदेश समानुपातिकतर्फको मतदान सोमबार हुने बताए ।
नवलपरासीपूर्वको देवचुली–४ मा रहेको शान्ति सिर्जना मतदान केन्द्रको मतपेटिकामा आगजनी हुँदा प्रदेशसभातर्फको समानुपातिक मत रहेको पेटिकामा समेत आगजनी भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख लालप्रसाद भुसालले बताए । उनले भने, ‘हामीसँग त्यस स्थानमा पुनः मतदान गराउनका लागि पर्याप्त निर्वाचन सामग्री छ, त्यसैले सोमबार नै पुनः मतदान हुनेछ ।’
आगजनी गर्ने देवचुली–४ का नारायण भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भण्डारीले तीनवटा मतपत्र खसालिसकेपछि चौथौ अर्थात् अन्तिम मतपत्र हाल्ने बेलामा पेटिकामा एसिड हालेका थिए । मतपेटिकामा आगजनी गरेपछि भण्डारी भागेका थिए । मतदान केन्द्रबाट करिब २ किलोमिटर टाढा पुगेपछि प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले पक्राउ परेका भण्डारीलाई प्रहरी नियन्त्रणमा राखेर आवश्यक कारबाहीका लागि अनुसन्धान भइरहेको बताए । प्रहरी उपरीक्षक तिवारीले भण्डारीले कुनै केमिकल हालेर आगजनी गरेको हुन सक्ने बताए ।
यद्यपि, आफूले शरीरमा बडिलोसन दलेर गएर मतपत्रलाई बडिलोसन लगाएको शरीरमा घसेर मतपेटिकामा हाल्दिएको सुरूवाती बयान दिएको तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको