तेह्रथुमको आङ्दिममा पुन: मतदान हुने

तेह्रथुम — तेह्रथुमको एउटा मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साँटिएपछि पुन: मतदान हुने भएको छ । छथर गाउँपालिका-१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा आइतबार भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुन: मतदान गर्ने निर्णय भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफल र सहमतिपछि मंगलबार पुन: मतदान गराउने निर्णय भएको निर्वाचन आयोगमा लेखी पठाएको छ

सो मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएको खुलेको छ ।

मतदान केन्द्रको मुचुल्काका आधारमा यहाँ ४३ जनाले दोहोरो मतदान गरेको देखिएको छ । मुख्य निर्वाचन अधिकृत प्रेमश पोखरेलले सर्वदलीय, सर्वपक्षीय बैठकले बढी संख्यामा भएको मतपत्र संख्यासमेत यकिन गरी गणना गर्न नसकिने निष्कर्ष निकाल्दै पुन:मतदान गर्न माग गरेको र सो निर्णयबमोजिम आयोगमा लेखी पठाएको बताए ।

सो केन्द्रमा ८४४ मतदाता थिए । त्यसमध्ये आइतबार ४५६ जनाले मतदान गरेका थिए ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like