हुम्ला र डोल्पाका मतपेटिका हेलिकप्टरबाट ल्याइँदै

सुर्खेत — कर्णालीका उच्च हिमाली जिल्लाहरुमा मत पेटिका संकलन कार्य भइरहेको छ ।  डोल्पा र हुम्लाको स्थल मार्गबाट धेरै दिन लाग्ने र सुरक्षा चुनौती भए हुने भएकाले २ जिल्लाको मतपेटिका हेलिकप्टरबाट ल्याउने थालिएको हो ।

डोल्पाका ६८ र हुम्लाका ६० मतदान केन्द्रबाट हेलिकप्टरबाट ल्याइने प्रदेश पहरी प्रमुख पोषराज पोखरेलले बताए । आइतबार मतदान सम्पन्न भए पनि भौगोलिक विकटताका कारण मतपेटिका संकलन हुन नसकेकाले हेलिबाट ल्याउन बाध्य भएको उनको भनाइ छ ।

उनका अनुसार सडक सञ्जाल नजोडिएको र हेलिकोप्टरबाट संकलन गर्नुपर्ने भएकाले मतगणनामा ढिलाइ हुने भएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like