चितवन-१ मा मतगणना सुरु

समाचार शेयर गर्नुहोस्

चितवन — पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र अर्थशास्त्री तथा योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएर उम्मेदवार रहेका चितवन-१ को मतगणना सुरू भएको छ ।

चितवन-१ का निर्वाचन अधिकृत रेशमराज सिग्देलले साढे १२ बजेपछि गणना सुरू भएको जानकारी दिए । पाण्डे एमाले र पौडेल कांग्रेसबाट उम्मेदवार छन् ।

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालको पनि प्रतिस्पर्धामा छन् । एक लाख ३९ हजार ८४५ मतदाता रहेको चितवनमा ९६ हजारभन्दा बढी मत खसेको चितवन-१ का निर्वाचन अधिकृत रेशमराज सिग्देलले जानकारी दिए । चितवन-२ मा १ बजेपछि र ३ मा २ बजे गणना सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको