नवलपुर २ मा काँग्रेसको शुरुवाती अग्रता

नवलपरासी । पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको लागि मतगणना शुरु भएको छ। यहाँ नेपाली काँग्रेसका विष्णु कार्कीले शुरुवाती अग्रता लिएको छ।

हुप्सेकोट गाउँपालिका ६ मा खसेको १२ सय ६४ मत गणना सकिँदा नेकपा एमालेका तिलक महतले ४ सय ९१ मत प्राप्त गरेका छन्। नेपाली काँग्रेसका विष्णु कार्कीले ७०६ मत प्राप्त गरेका छन्।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपानेले ३ मत, राप्रपाका विष्णु अधिकारीले ४, हाम्रो नेपाली पार्टी जगन्नाथ पोख्रेलले ४ मत प्राप्त गरेका छन्।नवलपुर क्षेत्र नं. २ मा १ लाख २९ हजार २ सय ८० जना मतदाता रहेका छन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like