काठमाडौं क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच हजार ५६८ मतान्तरले अग्रता लिएका छन्।
निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार ३७ हजार २३२ मत गणना हुँदा थापाले १७ हजार पाँच सय १७ मत प्राप्त गरेका हुन्। प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले ११ हजार ९४८ मत प्राप्त गरे।
त्यसैगरी राप्रपाका उम्मेदवार डा. ठाकुरमोहन श्रेष्ठले दुई हजार २६८ मत प्राप्त गरे। सो क्षेत्रको मत गणना सुरु भएदेखि नै थापाको अग्रता कायम रहेको छ ।
काठमाडौँ क्षेत्र नम्बर ४ प्रदेशसभा (२) तर्फको बूढानीलकण्ठ वडा नं १, २, ८, ९, १०, ११, १२ र १३ पर्छन्। यो क्षेत्रको गणना सकिएको छ । काठमाडौं–४ प्रदेशसभा (१) अन्तर्गत पर्ने महानगरका वडा नम्बर १ र ७ को मत गणना सकिएको छ भने वडा नं ८ र ३० को मत गणना जारी छ । काठमाडौं–४ निर्वाचन क्षेत्रमा ३१ उम्मेदवार छन्।