चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालको अग्रता
दिब्य पाना
चितवन । चितवन क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडी पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले अग्रता कायम राखेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका ढकालले ६ हजार ६७ मत ल्याएका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत पाएका छन्।
यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेले ४ हजार ५२३ मत ल्याएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा चितवन(१ बाट एमालेका पाण्डे निर्वाचित भएका थिए ।