तनहुँमा कांग्रेसका पौडेल र भण्डारीको अग्रता जारी

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना जारी रहेको छ। मतगणनामा गठबन्धनको अग्रता कायमै रहँदै आएको छ।

तनहुँ क्षेत्र नं २ प्रतिनिधिसभा तीस हजार तीन सय ८२ मत गणना हुँदा नेपाली कांग्रेसका शङ्कर भण्डारीले १४ हजार एक सय आठ, नेकपा (एमाले)का किरण गुरुङले ११ हजार दुई सय ८६ मत पाएका छन्। दुई हजार आठ सय बाइस मतका साथ कांग्रेसका भण्डारी अग्रस्थानमा छन्।

त्यसैगरी तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका रामचन्द्र पौडेलले एक हजार सात सय बैसठ्ठी, एमालेका एकबहादुर रानाले एक हजार तीन सय एक मत पाएका छन्। कांग्रेसका पौडेल चार सय एकसठ्ठी मतले अग्रस्थानमा छन्।

त्यसैगरी तनहुँ (२) क मा दश हजार छ सय छयालिस मत गणना हुँदा गठबन्धनका राजेन्द्रकेशरी न्यौपानेको चार हजार दुई सय पचपन्न, एमालेका श्यामराजा महत तीन हजार आठ सय त्रियानब्बे मत रहेको छ। गठबन्धनका न्यौपाने तीन सय बैसठ्ठी मतले अग्रता छन्।

त्यसैगरी तनहुँ क्षेत्र नं १ (२) मा तीन हजार तीन सय त्रिहत्तर मत गणना हुँदा गठबन्धनका हरिबहादुर चुमानको एक हजार सात सय अठ्ठार, एमालेका पूर्ण गुरुङको सात सय बयनब्बे मत रहेको छ। नौ सय छब्बीस मतले चुमानले अग्रता लिएका छन्।

तनहुँ क्षेत्र नं १ मा एक लाख तेइस हजार चार सय नव्बे मतदातामा छैसठ्ठी हजार नौ सय पैसठ्ठी मत खसेको छ भने क्षेत्र नं २ मा एक लाख पच्चीस हजार पाँच सयमा अट्सठ्ठी हजार दुई सय एकहत्तर मत खसेको थियो।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like