सप्तरी २(२) : मा जनमत पार्टीका महेश यादव निर्वाचित

समाचार शेयर गर्नुहोस्

सप्तरीकै २(२) मा जनमत पार्टीका महेश यादव विजयी भएका छन् । माओवादीमा सक्रिय महेश पार्टीले टिकट नदिएपछि मनोनयनको अघिल्लो रात जनमत पार्टीमा प्रवेश गर्दै उम्मेदवार भएर विजयी भएका हुन् ।

उनले पूर्व सिंचाईमन्त्री उमेश यादवलाई ६ हजार ३ सय २ मतान्तरले पराजित गर्दै जित निकालेका हुन् ।

विजयी महेशले १३ हजार ३ सय २५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी माओवादीका यादवले ७ हजार २३ मत प्राप्त गरे ।

सप्तरी २(१)मा पनि जनमत पार्टीले नै जित हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको