तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका रामचन्द्र पौडेलले मतान्तर बढाउँदै लैजानु भएको छ ।
पछिल्लो मतपरिणाम अनुसार पौडेलले १० हजार १ सय ४० मत पाउनु भएको छ । उहाँका प्रतिस्पर्धी एमालेका एकबहादुर राना मगरले ८ हजार ५ सय ६३ मत पाउनु भएको छ । उहाँहरुबीच एक हजार ५ सय ७७ मतको अन्तर छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २ हजार ३ सय ९९ मत पाउनु भएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको तनहुँमा क्षेत्र नम्बर २ बाट कांग्रेसका शङ्कर भण्डारी विजयी हुनुभएको छ ।