चितवन–२ मा रवि लामिछानेको अग्रता दोब्बरभन्दा बढी, दोस्रोमा एमालेका पोखरेल

समाचार शेयर गर्नुहोस्

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाएका छन् ।

पछिल्लो मतगणनाअनुसार लामिछानेले १५ हजार ४ सय ७४ मत पाउँदा  एमालेका कृष्णभक्त पोखरेल ८ हजार ३ सय ९२ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ हजार ९ सय २४ मत प्राप्त गरेका छन् ।

सहरी एरियामा मत गन्न सुरु भएसँगै रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको