चितवनमा रवि लामिछाने दोब्बर मत बढिले अगाडि

समाचार शेयर गर्नुहोस्

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने दोब्बर बढि मतले अगाडि छन्। पछिल्लो मतपरिणामअनुसार चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लामिछानेले १७ हजार ५२९ मत प्राप्त गरेका छन्। उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ८ हजार ६८८ मतान्तरले अघि छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ८ हजार ८४१ मत ल्याएका छन्।
नेपाली कांग्रेसका उमेश श्रेष्ठले ८ हजार ६४१ मत प्राप्त गरी तेस्रोमा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *