गोरखामा दुइटा प्रदेश सभा माओवादीले जित्यो

गोरखामा नेकपा माओवादी केन्द्रले दुइटा प्रदेश सभा सदस्य जितेको छ।

गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा कृष्ण धिताल र गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा फणिन्द्र देवकोटाले चुनाव जितेका हुन्। देवकोटा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका नेता हुन् तर उनी माओवादीको चुनाव चिन्हमा लडेका थिए।

गोरखा १ प्रदेश सभा (क) मा माओवादीका धितालले नेकपा एमालेका उम्मेदवार सुरेन्द्र थापालाई हराएका हुन्। धितालले १५ हजार चार सय ५६ मत प्राप्त गरेका छन् भने थापाले नौ हजार आठ सय २२ मत प्राप्त गरेका छन्।

गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा फणिन्द्रले नेकपा एमालेका उम्मेदवार राजु रानालाई पराजित गरेका हुन्

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like