चितवन–२ मा रवि लामिछानेको शानदार जित, औपचारिक घोषणा बाँकी

प्रतिनिधिसभा अन्तर्गत चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विशाल मतान्तरका साथ विजयी भएका छन् । पछिल्लो विवरण अनुसार सो क्षेत्रमा ४ हजार ३३७ मत गणना गर्न बाँकी रहे पनि रविले ३१ हजार ५२८ मतको अग्रता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनाको अन्तिम परिणाम सार्वजनिक गर्न बाँकी नै रहे पनि रविले फराकिलो जित हासिल गरेका हुन् । हालसम्म ७९ हजार २५९ मत गणना भइसकेको छ । रवि लामिछानेले ४५ हजार ९३४ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ छन् । उनले १४ हजार ४०६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ५६ मत प्राप्त गरेका छन् ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like