विजय जुलुसमा सहभागी हुन झापा जाँदै ओली

समाचार शेयर गर्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएको प्रमाणपत्र लिन र विजय उत्सवमा सहभागी आज झापा जाँदैछन् । अध्यक्ष ओली बिहान ११ बजे भद्रपुर विमानस्थल हुँदै झापा–५ मा विजयी कार्यक्रममा सहभागि हुने उनको सचिवालयले जनाएको छ ।

आजै दिउँसो १ बजे दमक नगरपालिकास्थित झापा क्षेत्र नम्बर ५ को निर्वाचन अधिकृतको कार्यालयमा उनले विजयी भएको प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रम रहेको पोलिटब्युराे सदस्य देवेन्द्र दाहालले जानकारी दिए ।

दाहालका अनुसार अध्यक्ष ओली आज दमक नगरपालिकामा आयोजना हुने विजय जुलुसमा सहभागी हुने कार्यक्रम रहेको र भोलि कमल, गौरादह र गौरीगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् ।

ओली झापा–५ बाट भारी मतान्तरसहित विजयी भएका छन् । उनी ५१ हजार ६ सय १९ मतका साथ विजयी भए । ओलीका प्रतिद्वन्द्वी गठबन्धनका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २ सय ३१ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको