७९ क्षेत्रको नतिजा आउँदा प्रत्यक्षमा जिते ४ महिलाले

मंसिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। बुधबार १२ बजेसम्म ७८ ठाउँको मतपरिणाम सार्वजनिक भएको छ। मतपरिणाम सार्वजनिक भएकामध्ये ४ ठाउँमा महिला उम्मेदवार विजयी भएका छन्।

अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं-२ मा सोविता गौतम, ललितपुर-३ मा तोसिमा कार्कीले जित हात पारेका छन्।

कास्की २ मा नेकपा (एमाले) की विद्या भट्टराई विजयी भएकी छन् भने दाङ-२ मा नेकपा (माओवादी केन्द्र) की रेखा शर्मा निर्वाचित भएकी छन्।

महिला उम्मेदवार प्रतिस्पर्धी रहेका केही क्षेत्रको मतगणना जारी छ। कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ जितनजिक छन् भने तेह्रथुममा नेपाली कांग्रेसकी सीता गुरूङले अग्रता लिइरहेकी छन् भने सुनसरी ३ मा एमालेकी भगवती चौधरीको अग्रता कायम छ। धनुषा ३ मा एमालेकी जुली महतोले पनि अग्रता कायम राखेकी छन्।

मोरङ २ मा कांग्रेसकी सुजाता कोइराला झिनो मतले पछि परेकी छन् भने मकवानपुर १ मा अग्रता लिइरहेकी कांग्रेसकी डिना उपाध्याय पछिल्लो समय  एक हजार बढी मतले पछि परेकी छन्।

सिरहा २ मा उम्मेदवार बनेकी कांग्रेसकी चित्रलेखा यादव तेस्रो स्थानमा छन्।

एमाले सचिव पद्मा अर्याल उम्मेदवार रहेको स्याङ्जा २ मा मतगणना सुरू नै भएको छैन।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like