नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पूर्वी नवलपरासीबाट चौथो जीत निकालेका छन् ।
२०६४ र २०७० सालको संविधानसभा तथा २०७४ सालको प्रतिनिधिसभा निर्वाचन जितेका कोइरालाले यसपटक पनि जीत हासिल पारेका हुन
नवलपरासी पूर्व १ बाट नेकपा एमालेका कृष्ण पौडेललाई ५ हजार मतान्तरले पराजित गर्दै शशांक विजयी भएका हुन् । कोइरालाले २७ हजार १ सय २७ मत ल्याउँदा एमालेका पौडेलले २३ हजार ३ सय १ मत पाए ।
नवलपरासी पूर्वको अर्को क्षेत्रमा पनि कांग्रेसको अग्रता छ