सिटौलालाई हराउँदै राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन दोस्रो पटक निर्वाचित

राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन प्रतिनिधिसभा सदस्यमा पुनः विजयी भएका छन्।

यो जितसँगै उनी दोस्रो पटक सांसद बनेका छन्। एमालेसँग चुनावी तालमेल गरी झापा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका लिङदेनले लिङदेनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतान्तरले हराएका हुन्। सिटौला सत्तारूढ गठबन्धनका साझा उम्मेदवार थिए।

लिङदेनले ४० हजार ६४८ मत ल्याएकोमा सिटौलाले ३७ हजार ३७२ मत प्राप्त गरेका छन्। दुई पटक लिङदेन र दुई पटक सिटौलाले जिते।

यस क्षेत्रमा १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like