१३ हजार सात सय मत गन्न बाँकी छँदा विनोद चौधरी साढे पाँच हजार बढी मतान्तरसहित अगाडि

समाचार शेयर गर्नुहोस्

नवलपरासी । नवलपरासी पश्चिम १ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरी जित नजिक पुगेका छन् । उनले मतगणना अन्तिम चरणमा पुग्नै लाग्दा दोस्रो स्थानका जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीभन्दा ५ हजार ५६० मतको मतान्तर बनाएका छन् । चौधरीले २३ हजार ८६१ मत पाएका छन् ।

निवर्तमान सांसद जनता प्रगतिशील पार्टी नेपालका हृदयेश त्रिपाठीले १८ हजार २२१ मत ल्याएका छन् ।

तेस्रो स्थानका राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी चुनाव चिन्ह) का महेन्द्र सेन ठकुरीले १२ हजार ३४१ मत पाएका छन् ।

त्यस्तै जनमत पार्टीका गुलाबप्रसाद चौधरीले ४ हजार ४७२, राप्रपाका भोजराज ढकालले ४ हजार ४२ मत पाएका छन् ।

त्यहाँ ८४ हजार २२९ मत खसेको छ । ७० हजार ५३८ मत गणना भएमध्ये ३ हजार ९९९ मत बदर भएको छ ।

अझै १३ हजार ६९१ मत गन्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको