चितवन ३ मा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे निर्वाचित

समाचार शेयर गर्नुहोस्

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी हुनु भएको छ ।  शुक्रबार राति सम्पन्न मतगणनामा पाण्डे ९ हजार ६९१ मत अन्तरका साथ विजयी  हुनु भएको हो । पाण्डेले ३४ हजार ३६२ मत प्राप्त गर्नु भएको छ ।

उहाँका निकटतम प्रतिस्प्रर्धी नेकपा नेकपा माओवादी केन्द्रका उम्मेद्वार डा भोजराज अधिकारीले २४ हजार ६७१ मत ल्याउनु भयो । पाण्डेले यसअघि २०७०को निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित हुनु भएको थियो । तर, २०७४मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग ९ हजार ३४१ मतले पराजित हुनु भएको थियो।  अहिले सो बढी मत ल्याएर बिजयी हुनु भएको छ ।  सो समयमा नेकपा एमाले र माओवादी केन्द्र विच गठबन्धन भएको थियो भने, कांग्रेसले राप्रपालाई सहयोग गरेको थियो । पाण्डे यस क्षेत्रबाट २०५६ सालदेखि निर्वाचन लड्दै आउनु भएको छ । उहाँका निकटतम प्रतिस्प्रधी अधिकारी चिकित्सक पेसाबाट लागेका व्यक्ति हुनुहुन्छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी जीता बरालले १४ हजार ७७९ र स्वतन्त्र उम्मेद्वार दिनेश कोइरालाले १२ हजार ५७ मत पाउनु भयो । कोइरालालाई एमालेले समर्थन गरेको थियो । तर, एमालेको उनले पुरै भोट खाएको देखिदैन । चितवन ३मा ९२ हजार २६ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको