सोमाली सेनाद्वारा १५ अल–शबाब लडाकु मारिए

समाचार शेयर गर्नुहोस्

 अन्तर्राष्ट्रिय साझेदारहरूको समर्थनमा रहेको सोमाली सुरक्षा बलले शुक्रबार दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल–शबाबका १५ लडाकू मारिएका छन् ।

सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले सोमालियाको राजधानी मोगादिसुबाट जारी गरेको विज्ञप्ति अनुसार मध्य सोमालियाको गलगादुड क्षेत्रको कयिबमा गरिएको असफल आक्रमणमा अल–शबाब लडाकुहरूको संख्यामा मृत्यु भएको हो ।

‘खावारीज (अल–शबाब) ले राष्ट्रिय सेना र स्थानीयहरूलाई आक्रमण गर्ने प्रयास गरेपछि आज बिहान कयिब शहरमा भएको लडाईमा भारी पराजय भएको छ,’ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

त्यसैगरी सेनाले तीन कार बमहरू पनि नष्ट गरेको च ।  असफल आक्रमणको क्रममा दर्जनौं लडाकुहरूलाई मारिएका छन् भने  यो क्षेत्र अब पूर्ण रूपमा सरकार र स्थानीय सेनाको नियन्त्रणमा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको