समानुपातिकमा एमालेले कटायो १८ लाख : तेस्रोका लागि माओवादी र रास्वपाको प्रतिस्पर्धा

मंसिर ४ मा सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी छ। पछिल्लो अपडेटअनुसार प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जितेको छ। एमाले कांग्रेसलाई पछ्याइरहेको छ भने तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ।

एकीकृत समाजवादी १० सिटका साथ चौथो स्थानमा छ।

प्रतिनिधिसभाको समानुपातिकतर्फ भने नेकपा (एमाले)ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ। निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार एमालेले १८ लाख ३९ हजार ५४ मत प्राप्त गरेको छ। कांग्रेसले १७ लाख ७६ हजार १४८ मत पाउँदै दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा भने राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीको प्रतिस्पर्धा हुने देखिएको छ। रास्वपाले सात लाख ९२ हजार ४१४ पाउँदा नेकपा (माओवादी केन्द्र)ले सात लाख ७८ हजार ७६९ मत प्राप्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ६ हजार ११८, जनता समाजवादी पार्टीले दुई लाख १७ हजार नौ सय ५, नेकपा (एकीकृत समाजवादी)ले एक लाख ६७ हजार ६ सय १९, नागरिक उन्मुक्ति पार्टीले एक लाख ५९ हजार ७५१ र जनमत पार्टीले एक लाख ४९ हजार ५५९ मत प्राप्त गरेको छ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like