पश्चिम नवलपरासीको परिणामअनुसार जिल्लामा कम्युनिष्ट पार्टीहरुको उपस्थिति शुन्य भएको छ । पश्चिम नवलपरासीको सङ्घीय निर्वाचन क्षेत्र १ मा नेपाली कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरी र २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित हुनुभएको छ ।
प्रदेश सभा सदस्यका चार वटा निर्वाचन क्षेत्रहरु मध्ये २ (क) मा स्वतन्त्र उम्मेदवारको रुपमा खड्ग बस्नेतले विजय प्राप्त गर्नुभयो भने अन्य तीन वटा प्रदेश सभामा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित हुनुभयो ।
क्षेत्र १ अन्तर्गतका क र ख दुबै प्रदेश सभामा कांग्रेस उम्मेदवार क्रमशः विश्व पाठक, देवकरण कलवार (सन्तु) निर्वाचित हुनुभयो भने प्रदेश सभा २ (ख) मा कांग्रेस उम्मेदवार बैजनाथ कलवार विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत प्रेम पौडेलले बताउनुभएको छ ।
पूर्वपश्चिम लोकमार्गमा रहेका सुनवल र वर्दघाट नगरपालिकामा नेकपा (एमाले)को संगठन बलियो रहेको मानिए पनि संयुक्त गठबन्धनको तर्पmबाट उठेका उम्मेदवारका कारणले नेकपा एमालेका उम्मेदवारले दुबै स्थानमा पराजित भएका छन्
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार चिनक कुर्मी उठेको प्रदेश सभा २ (क) मा सो पार्टी परित्याग गरी स्वतन्त्र बनेका खड्ग बस्नेत स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएपछि जिल्लामा कम्युनिष्ट पार्टीको उपस्थिति शुन्य छ ।