सुनसरी क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ। केही मत नेकपा एमालेकोमा जोडेको आरोप लगाउँदै कांग्रेसले विरोध गरेपछि गणना रोकिएको हो।
निर्वाचन अयोगले ६ सय ६ मत एमालेकोमा जोडेको भन्दै विरोध भएको थियो। विरोधपछि सो विषय समाधानसहित अझ प्रभावकारी रूपमा कसरी मतगणना गर्ने भन्ने विषयमा सर्वदलीय बैठक बसिरहेको सहायक निर्वाचन अधिकृत मोहनबहादुर अधिकारीले जानकारी दिए।
सो क्षेत्रमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियतबीच कडा प्रतिस्पर्धा भइरहेको छ। सुरुवाती अग्रता कार्कीले लिए पनि बीचमा दुवैजनाले एकपछि अर्को गर्दै अग्रता लिइरहेका छन्। पछिल्लो मत परिणामअनुसार कार्कीले झिनो मतले अग्रता लिएका छन्।
अहिलेसम्म ६० हजार ६३२ मतगणना हुँदा उनले २३ हजार ७९ मत प्राप्त गरेका छन्। त्यस्तै एमालेका कुसियतले २३ हजार ८ मत प्राप्त गरेका छन्। अधिकारीका अनुसार हालसम्म ३२ वडामध्ये २२ वटा वडाको मतगणना भइसकेको छ