कुनै बेला ‘गढ’ मानिने चितवन–३ मा कांग्रेस पाँचौं स्थानमा

दोस्रो संविधानसभा निर्वाचनमा देशैभरमा सबैभन्दा सुरक्षित ठाउँ मानेर तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला चितवनको तत्कालिन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बने । भारी मतले उनी विजयी पनि भए ।उनले छाडेर उपनिर्वाचन हुँदा कांग्रेसका रामकृष्ण घिमिरेले पनि अत्याधिक मतले विजयी भए ।

हालको क्षेत्र नम्बर ३ सोही क्षेत्र पर्दछ । विगत ९ वर्षमा सो क्षेत्रमा कांग्रेसको प्रभाव निरन्तर ओरालो लाग्यो । मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा समानुपातिक तर्फको मत परिणामअनुसार कांग्रेस सो क्षेत्रमा पाँचौं हुन पुगेको छ । चितवन–३ मा समानुपातिकका ९४ हजार २८० मत सदर हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले २८ हजार ४०१ मत प्राप्त गरेर पहिलो बनेको छ राष्ट्रिय प्रजातन्त्र पार्टीले १६ हजार ७५५ मत प्राप्त गरी दोस्रो बनेको छ भने नेकपा माओवादी केन्द्रले १६ हजार ८९ प्राप्त गरी तेस्रो भएको छ । नेकपा एमालेले १४ हजार ५२२ मत प्राप्त गरेर चौथो र कांग्रेसले १० हजार ५२१ मत प्राप्त गरी पाँचौं स्थानमा पुगेको छ ।

कांग्रेसले झण्डै ४० हजार र एमालेले ३० हजार हाराहारी मत भएको दाबी गर्दै आएका थिए । समग्र जिल्लामा पहिलो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी बन्न सफल भएको छ । समानुपातिक मत परिणामअनुसार एमाले दोस्रो र कांग्रेस तेस्रो भएका हुन् ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like