राष्ट्र बैंकले १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्दै, सोमबार दिउँसो २ बजे बोलकबोल हुने

नेपाल राष्ट्र बैंकले १६ अर्ब ६३ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। राष्ट्र बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिन गरि ३ प्रकारको ट्रेजरी बिल जारी गर्न लागेको हो। मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि सोमबार दिउँसो २ बजे बोलकबोल हुनेछ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ३ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो। यो ट्रेजरी फागुन १६ गते परिपक्व हुनेछ। त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० जेठ १६ गते परिपक्व हुनेछ। ३६४ दिनका लागि ७ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो। यो ट्रेजरी २०८० मंसिर १२ गते परिपक्व हुनेछ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र खरिद गर्न, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तर बैंक कारोबारमा प्रयोग गर्न सकिने व्यवस्था छ।

व्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पनि पाइने व्यवस्था गरेकाे छ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like