कांग्रेसकै नेतृत्वको सरकारले मेलम्ची पानी काठमाडौं लैजान्छ : प्रकाशमान सिंह

काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट विजयी नेता प्रकाशमान सिंहसहितको टोली मेलम्ची खानेपानी आयोजनास्थल निरीक्षण गरेको छ ।

डेढ वर्षअघिको बाढीले क्षतिग्रस्त आयोजनास्थलबाट हिउँद लागेसँगै काठमाडौंमा पानी पठाउने तयारी भएपछि प्रकाशमानसहितका जनप्रतिनिधि त्यहाँ पुगेका हुन् ।

बिहीबार मेलम्चीको सुरुङ क्षेत्रमा पुगेका उनीहरुले त्यहाँ भइरहेको कामको प्रगति’bout पनि जानकारी लिएका छन् । त्यसक्रममा सिंहले अहिले पनि कांग्रेसकै नेतृत्वको सरकार रहेकाले यसलाई गति दिएर काठमाडौंमा पानी लैजानुपर्ने बताए ।

उनले भने, ‘हामीलाई काठमाडौंको प्रतिनिधिले के गर्छन्? भनिरहेका हुन्छन् । यसमा संघीय सरकारको त काम आउँछ आउँछ, प्रदेश र पालिकाको पनि सहभागितमा यसलाई बनाउनुपर्छ ।’

मेलम्ची आयोजनालाई चाँडोभन्दा चाँडो टुंगोमा पुर्याउन निरन्तर चासो दिएको बताए ।

‘यहाँ ठूलै प्राकृतिक प्रकोप भएको देखियो । जनताको घर ढलिरहेको रहेछ। यहाँको स्थलगत निरीक्षण गरिसकेपछि जुन तस्बिर हामीले सोचेका थियौँ त्यो भन्दा फरक पाएँ’ उनले भने ।

यहाँका बासिन्दाको कुरा पनि संघीय सरकारले नसुनेको गुनासो आएको पनि बताए ।

‘यहाँका जनप्रतिनिधिले स्थानीयको समस्या सरकारले नसुनेको बताउनु भयो। अब यहाँको पालिकालाई यसको आम्दानीको निश्चित प्रतिशत दिनुपर्छ’, उनले भने, ‘यत्रो ठूलो मेगा प्रोजेक्ट, राष्ट्रिय गौरवको योजनामा ढिलासुस्ती हुने कारण के रहेछ भन्ने हामीले बुझ्न पायौँ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like