बाजुरामा मतगणना रोकियो

समाचार शेयर गर्नुहोस्

बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्कामा उल्लेख भएकोभन्दा बढी मत देखिएपछि प्रतिनिधिसभातर्फको मतगणना रोकिएको छ । मतदान अधिकृतले मुचुल्काभन्दा ४० मत बढी देखिएपछि गणना रोकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीले बताए ।

मतगणनाको प्रारम्भिक नतिजाअनुसार प्रतिनिधि सभातर्फ कांग्रेस उम्मेदवार बद्री पाण्डे अग्रस्थानमा छन् । उनले ५ हजार ४१९ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कर्णबहादुर थापाले ४ हजार १२९ मत पाएका छन् । प्रदेशसभातर्फ (१) मा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाही अगाडि छन् ।

 

शाहीले २ हजार ९७ मत पाएका छन् भने एमाले उम्मेदवा बलदेव रेग्मीले ९६२ मत पाएका छन् । यस्तै प्रदेशसभा (२) तर्फ एमाले उम्मेदवार लालबहादुर थापा अगाडि छन् । थापाले एक हजार ६५७ मत पाएका छन् भने कांग्रेस उम्मेदवार पदमबहादुर शाहीले एक हजार २६७ मत छ ।

बाजुरामा कुल मतदात ८३ हजार ५६७ रहेकोमा प्रतिनिधिसभातर्फ ५९ हजार ७६५ मत खसेको छ । प्रदेश (१) मा २० हजार ९९४ र (२) मा २९ हजार १५८ मत खसेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको