सुकुम्बासीलाई तत्काल नहटाउन भूमि आयोगकाे निर्देशन

समाचार शेयर गर्नुहोस्

राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई हटाउने कार्य तत्काल नगर्न निर्देशन दिएको छ ।

आयोगले मंसिर १६ गते शुक्रवार अर्थात आज गोरखापत्रमा एउटा सूचना प्रकाशित गर्दै भूमिहीनहरुको लगत संकलन, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नापजाँच तथा लालपुर्जा वितरण कार्य सम्पन्न नभएसम्म भूमिहीन सुकुम्बासीलाई हटाउने कार्य नगर्न काठमाडौं महानगरसहित सबै स्थानीय तह तथा सरकारी र गैरसरकारी निकायलाई निर्देशन दिएको हाे

सूचनामा भनिएको छ– ‘काठमाडौं महानगरपालिकासहित सम्पूर्ण स्थानीय तहहरू र सबै सरकारी तथा गैरसरकारी निकायहरूलाई कुनै पनि स्थानका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका बस्ती हटाउने र उनीहरू असुरक्षित हुनेगरी कुनै पनि कार्य नगर्नर नगराउन यो सूचना प्रकाशित गरिएको छ ।’

आयोगले सुकुम्बासी तथा भूमिहीनको लगत सङ्कलन गर्न, प्रमाणीकरण, निस्सा वितरण, जग्गा नाप जाँच र लालपुर्जा वितरणलगायतका काम गर्न आवश्यक तयारी भइरहेको पनि जनाएको छ ।

आयोगले निर्वाचन आचारसंहिताका कारण गत भदौ ३१ देखि भूमिहीनको लगत सङ्कलनलगायत काम रोकेको थियो ।

निर्वाचन आयोगले आचारसंहिता लागू नहुने सूचना जारी गरेलगत्तै काम थाल्ने भूमि आयोगले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको