क्यालिब्रेसन उडानका कारण आज पनि त्रिभुवन विमानस्थलका उडान प्रभावित

समाचार शेयर गर्नुहोस्

क्यालिब्रेसन उडान अर्थात् यान्त्रिक परीक्षण उडानका कारण आज शुक्रबार पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । शुक्रबार विहान १० देखि दिउँसो १ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका पाँच बजेसम्म क्यालिब्रेसन उडानको तालिका रहेको छ । हिजो विहीबार पनि उडान प्रभावित भएको थियो ।

क्यालिब्रेसन उडानले विमानस्थलको कम्युनिकेशन, नेभिगेसन र सर्भिलेन्समा जडिन उपकरणले काम गरे नगरेको परीक्षण गर्छ ।  क्यालिब्रेसन उडानमार्फत लोकलाइजर सिंग्नल ठिक छ वा छैन भनेर परीक्षण गरिएको प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको