सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो

सुन चाँदीको भाउ आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ९९ हजार १ सय रुपैयाँ तोकिएको छ ।

हिजो पनि सुनको भाउ ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ पनि बढेको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like