वर्षमान पुन आज चीन जाँदै

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन आज चीन जाँदैछन् । पुन आज साँझ सात बजे दुवई हुँदै चीनको गोन्झाउ जानेछन् ।

सत्ता समीकरणको बहस चलिरहेका बेला पुनको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

चीन–नेपाल नियमित उडान नभएकाले उनी साँझ ७ बजे इमिरेट्सको उडानबाट दुवई हुँदै ग्वान्झाओ जानेछन् । ग्वान्झाओबाट सेनजेन जाने पुनको सचिवालयले जनाएको छ ।

चीन जानु अघि उपमहासचिव पुनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवासँगसमेत परामर्श गरिसकेका छन् ।

स्वास्थ्य परीक्षण गर्ने
चीनमा पुनले आफ्नो स्वास्थ्यको परीक्षण पनि गर्नेछन् । स्वास्थ्य परीक्षण सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा हुनेछ । यसअघि पनि उनी सोही अस्पतालमा उपचार गरी फर्किएका थिए । अहिले उनमा पुरानै रोग जन्डिस पनि देखिएको छ । ०७८ मंसिरमा उनले थर्ड पिपुल्स अस्पतालमा एक महिना स्वास्थ्य उपचार गराएका थिए ।

पुनको स्वास्थ्य अवस्था कस्तो छ ?
गत वर्ष चीनमा उपचार गरेर फर्कंदा पुनमा जन्डिसको मात्रा (बिलरुविन) ९ रहेकोमा अहिले बढेर ३५ पुगेको छ ।

काठमाडौंमा रगत, ब्लड प्रेसर, मुटुको चाल, बिलरुविनको मात्रा जस्ता परीक्षण गरेर थर्ड पिपुल्स अस्पतालका चिकित्सकसँग नियमित सम्पर्कमा रहेका पुनलाई चिकित्सकले फलोअपमा अस्पताल नै आउन सल्लाह दिएपछि उनको फलोअप चीनमा हुन लागेको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि अफ्नो निर्वाचन क्षेत्र रोल्पाको चुनावी कार्यक्रममा उनी घरदैलोमा निस्कन सकेनन् । मंसिर ४ गते मतदान गरेलगत्तै उनी काठमाडौंमा आएर आराम गरिरहेका छन् ।

वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंककतर्फ लागेका थिए। बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेन लगिएको थियो ।

नेता पुनसँगै उपचारका लागि पूर्व सभामुख तथा पत्नी ओनसरी घर्ती र छोरी शीला आज चीनको सेनजेन जान लागेका हुन्

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like