देशको रोग भ्रष्टाचार हो, हामी उपचार गर्छौं : चन्द्र भण्डारी

समाचार शेयर गर्नुहोस्

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्यमा गुल्मी १ बाट निवार्चित सांसद डा. चन्द्र भण्डारीले देशको रोग भ्रष्टाचार भएको बताएका छन्। उनले पञ्चायतमा पनि खाने पानि, सडकको माग हुने गरेकोमा अहिले पनि त्यहि समस्या जनताले उठाउन परेको स्मरण गरे।

नेपाल प्रेस यूनियन रूपन्देहीले शनिबार बुटवलमा गरेकने पत्रकार भेटघाटमा नेता भण्डारीले जनताले अझै पनि न्यूनतम विकासका लागि हात फैलाउनुपर्ने अवस्था आउनु भष्ट्राचार नै प्रमुख कारण रहेको बताए। उनले देशमा जताततै दलाल समूहहरू हावी हुँदा बेथिति बढेको बताए।

‘देशको रोग हामीलाई थाहा छ। हाम्रो विचार समूहमा धेरैजसो डाक्टर छौं। अब हामी नै निदान गर्छौ,’ उनले भने। उनले सरकारको नेतृत्वमा कोजाने भन्दा पनि कस्तो सरकार बनाउने भन्नेमा आफ्नो जोड रहेको बताए। उनले उमेर भन्दा विचारले नेतृत्व गर्नुपर्ने बताए।

कांग्रेसबाट गगनथापा प्रधानमन्त्री भन्ने चर्चा छ? तपाईंको राय के छ? भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘प्रत्यक्ष निवार्चन भएको भए व्यक्तिको चर्चा गर्नु ठिक हुन्थ्यो। तर अब जितेकाहरूले प्रधानमन्त्री बनाउने हो। त्यसैले अहिल्यै प्रधानमन्त्रीको विषयमा बोल्नु उपयुक्त हुँदैन।’

उनले कांग्रेस महाधिवेशनपछि आफूहरूको विचार समूहले पार्टीमा पुस्तान्तरणको सवाल उठाएको बताउँदै त्यो समूह र पार्टी नेताहरूबीच छलफल गरेर मात्रै निर्णयमा पुग्न सकिने बताए। ‘कसैले ईच्छा राख्दैमा प्रधानमन्त्री हुने होइन। यो विषयमा पार्टी सभापति शेरबहादुर जी, प्रचण्ड जी, माधव जीसँग पनि छलफल गरेर निर्णयमा पुग्ने हो। बाटैमा बोलेर विषयान्तर गर्नु हुन्न,’ उनले भने।

गुल्मी १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका भण्डारीले आफ्नो निर्वाचन क्षेत्रमा समस्याहरू रहेकाले त्यसको समाधान गर्ने प्रतिबद्वता जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको