विद्युतिय सवारीसाधनमा सर्वसाधरणहरुमा आकर्षण बढ्दो देखिएको छ । भन्सार विभागको पछिल्लो तथ्यांकमा विद्युतिय सवारीको आयात भएको संख्या हेर्दा विद्युतिय सवारीसाधणहरुमा सर्वसाधरणको आकर्षण बनेको देखिएको हो ।
सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमा नै विद्युतीय सवारी साधनमा ५५.६३ प्रतिशत (अन्तशुल्क) लिने घोषणा गरेपछि विद्युतीय सवारी साधनमा ग्राहकको आकर्षण बढेको हो । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्मको चार महिनाको अवधिमा एक हजार ६६ वटा विद्युतिय सवारीसाधरण आयात भएको छ । जसमा सबैभन्दा बढी कात्तिक महिनामा आयात भएको छ । यस महिना तीन सय ३३ वटा विद्युतिय गाडी नेपाल भित्रिएका छन् ।
पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनको बाहुल्यता रहेको नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढाउन सरकारले समेत पहल गरिरहेको छ । सरकारले विद्युतबाट चल्ने सवारी साधानलाई प्रोत्साहन गर्न भन्सार राजस्वमा छुट दिएसंगै विद्युतिय सवारी साधन कार, जीप र भ्यान आयात बढेको हो ।
नेपालमा चीन, भारत, अमेरिका र कोरियाबाट विद्युतीय कार, जीप र भ्यान आयात हुने गरेको छ । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी, नेक्सन, हुुुण्डाइ, बिवाइडी ब्राण्डको विद्युतीय कारहरु बढी आयात भएको देखिन्छ ।
चालू आर्थिक वर्षको पहिलो महिना साउनमा यस्ता सवारी दुई सय १३ वटा नेपाल भित्रिएका छन् । त्यस्तै, भाद्रमा दुई सय २८, दुई सय ९२ वटा विद्युतीय सवारी साधनको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, चालू आर्थिक वर्षको चार महिनाको अवधिमा विद्युतियसहित दुई हजार आठ सय २७ वटा सवारी साधन आयात भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी भाद्र महिनामा गाडी आयात भएको देखिन्छ । यस महिना आठ सय ९ वटा गाडी आयात भएको छ । भाद्रपछि असोज महिनामा धेरै गाडी आयात भएको छ । यस महिना ७४९ वटा गाडी आयात भएको छ ।
त्यस्तै, चालू आर्थिक वर्षको पहिलो महिना साउनमा सात सय ११ वटा गाडी आयात भएको छ । यस महिना सबैभन्दा बढी स्पोर्ट कार, महिन्द्राको गाडी र विद्युतीय गाडी आयात भएको देखिएको छ । गत महिना कात्तिकमा पनि पाँच सय भन्दा बढी गाडी नेपाल भित्रिएका छन् । यस महिना पाँच सय ५८ वटा गाडी आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
चार महिनाको अवधिमा ६ सय ८९ वटा टाटाका सवारी साधन आयात भएको छ । जसमा नेक्सनको इभी गाडी ६ सय ४८, टिगो इभी ४१ वटा र विद्युतीय बाहेक टाटाको २०६ वटा गाडी आयात भएको देखिन्छ । यस्तै, महिन्द्राको ३७०, मारुतीको ४७, फोर्सको ४३, फोर्डको १०, टोयोटाको २४ वटा गाडी यस अवधिमा आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।