माधव नेपालसहित १४ जनालाई कारबाही माग गर्दै परेको रिटमा १६ औँ पटक पेसी

समाचार शेयर गर्नुहोस्

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललगायत १३ सांसद विरुद्ध सर्वाेच्च अदालतमा दायर तीनवटा रिटमा सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र हरिप्रसाद फुयालको इजलासमा पेसी तोकिएको छ ।

०७८ भदौ १७ गते दायर भएका रिटमा हालसम्म १६ पटक पेसी तोकिएको छ। रिटमा प्रारमभिक सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासमा भएको थियो । प्रारम्भिक सुनुवाइ पछि माधव नेपालसहित १४ जनालाई कारबाही माग गर्दै परेको रिटमा १६ औँ पटक पेसीजबराको इजलासले कारण देखाउ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशको विषयमा छलफलका लागि उपस्थित हुन आदेश गरिएको थियो । सो पश्चात १५ पटक पेसी तोकिए पनि २ पटक मात्र सुनुवाइ भएको हो ।

०७८ फागुन २९ मा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले पूर्ण सुनवाइका लागि पेस गर्न आदेश दिए पनि हालसम्म सुनुवाइ स्थगीत हुँदै आएको छ ।

दायर भएको रिटमा नेकपा (एमाले)बाट निर्वाचित भएका सांसदले पार्टी त्याग गर्दै अर्को पार्टी नेकपा (एकीकृत समाजवादी) स्थापना गर्दा उनीहरुको सांसद पद जानु पर्ने भन्दै रिट दायर गरिएको थियो । साथै स्थापना भएको पार्टीको वैधानिकतामा सिन प्रश्न उठाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको