चितवनमा पर्यटकको आगमनमा वृद्धि

समाचार शेयर गर्नुहोस्

कोरोना भाइरस(कोभिड–१९) महामारीले शून्य जस्तै बनेको चितवनमा पछिल्लो महिना देखि पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ । बितेको एक महिनामा कोरोना महामारीपछिकै सबैभन्दा धेरै पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ ।

 

 

 

अध्यागमन विभागका अनुसार गएको नोभेम्बर महिनामा मात्रै नेपालमा ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्ष नोभेम्बर भन्दा  तीन गुणा बढी हो । यो वेला २६ हजार १३५ जना पर्यटक नेपाल आएका थिए । यसरी नेपाल घुम्न आउने पर्यटकको तेस्रो गन्तव्य चितवन राष्ट्रिय निकुञ्ज हो । हरेक वर्ष डेढ लाखका हाराहारीमा पर्यटकले चितवन निकुञ्ज अवलोकन गरेका छन् ।

हात्ती माथि बसेर बाघ गैँडा हेर्ने गरी    निकुञ्ज घुम्न आउने पर्यटकहरूको पहिलो रोजाई चितवनको सौराहा पर्दछ । यहाँ हात्ती सफारी, ढुङ्गा सफारी, जिप सफारी, जङ्गल सफारी, थारु संस्कृति लगायतका सौराहाका आकर्षण हुन् । अझै राप्ती नदी किनारमा बसेर साँझ सूर्यास्त अवलोकन कालागि यो क्षेत्र विश्वमै ख्याति प्राप्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको