राष्ट्रपति भण्डारी र सञ्चारमन्त्री कार्कीबीच भेटवार्ता

सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्

सत्ता समीकरणका विभिन्न प्रयास भइरहेका बेला सञ्चारमन्त्री कार्की मंगलबार बिहान राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका थिए । भेटमा सम्भावित सत्ता समीकरण र समसामयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

उनीहरूबीच झण्डै ४५ मिनेट कुराकानी भएको थियो । भेटमा निर्वाचनको नतिजा र सम्भावित सत्ता समीकरण’bout राष्ट्रपतिले चासो राखेको स्रोतले जनाएको छ ।

कार्कीले वर्तमान सत्ता गठबन्धनको सोमबारको बैठकमा यही गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बताएका थिए । साथै निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएका थिए ।

प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि कार्कीले राष्ट्रपति भेट्नुलाई राजनीतिक भेटका रुपमा लिइएको छ । सरकारका प्रवक्तासमेत रहेका कार्की प्रधानमन्त्री शेरबहादुर देउवाको दूतका रुपमा राष्ट्रपतिलाई भेट्न पुगेको हुन सक्ने विश्लेषण गरिएको छ ।

सोमबार बसेको सत्ता गठबन्धको बैठकले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने निर्णय गरेपछि भएको यो भेट अर्थपूर्ण रुपमा लिइएको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like