डाेटीमा चितुवाकाे आक्रमणबाट पाँच जना घाइते

डोटीमा चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका छन् ।

जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर–५, बटालामा चितुवाको आक्रमणबाट पाँचजना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ४५ वर्षीया स्थानीय देवी बटाला, उनका ४ वर्षका नाती सिद्ध बटाला, २२ वर्षीया पुष्पा गिरी, १५ वर्षीया लाली गिरी र १० वर्षीया हसिना गिरी घाइते भएका हुन् ।

उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले चार वर्षीया बालक सिद्ध बटाला घरको आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको जानकारी दिए ।

स्थानीयले होहल्ला गरेपछि चितुवा भागेको थियो । तर, जंगलबाट घर फर्किरहेका अन्यलाई चितुवाले फेरि आक्रमण गरेर घाइते बनाएको हो

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like