विश्वकप लिग २- नामिबियाविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोलीविरुद्ध टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ।

शृंखलाअन्तर्गत नामिबियासँग भएको पहिलो खेल वर्षाका कारण रद्ध भएपछि दुवै टोलीले एक एक अंक बाँढेका थिए। दोस्रो खेलमा स्कटल्यान्ड ३ विकेटले विजयी भएको थियो।

विश्वकप लिग-२ मा २२ खेलबाट १८ अंक भएको नेपाली टोली तालिकाको छैटौँ स्थानमा छ। २९ खेलबाट ३५ अंक भएको नामिबिया तेस्रो स्थानमा रहेको छ।

प्रतियोगितामा सहभागी ७ टोलीमध्ये शीर्ष तीन टोली एकदिवशीय विश्वकपको विश्वस्तरको छनोटमा पुग्नेछन् भने बाँकी चार टोलीले विश्वस्तरको छनोटका लागि प्ले अफ खेल्नुपर्ने छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like