लुम्बिनीमा दुवै गठबन्धनको बहुमत पुगेन, मुख्यमन्त्रीको लबिङमा सात नेता

लुम्बिनी प्रदेशका ८७ मध्ये प्रत्यक्षबाट ५२ र समानुपातिकतर्फ ३५ सदस्य निर्वाचित हुन्छन्। समानुपातिक तर्फ दश दलले सीट पाएका छन्। जसमा नेकपा (एमाले) ले ११, नेपाली कांगेसले १०, नेकपा (माओवादी केन्द्र) ले चार, नागरिक उन्मुक्ति पार्टी, राप्रपा र जनमत पार्टीले दुई–दुई सीट पाएका छन् भने जनता समाजवादीपाटीं (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाले एक–एक सीट पाएका छन्।

अब प्रत्यक्ष र समानुपातिक गरी एमालेको २९, कांग्रेसको २७, माओवादीको नौ, नागरिक उन्मुक्ति र राप्रपाको चार–चार सीट भएको छ। जनमत पार्टी, जसपा, लोसपाले तीन–तीन सीट जितेका छन् भने जनमोर्चा र एकीकृत समाजवादीको एक–एक सीट भएको छ। तीन जना स्वतन्त्र उम्मेदवार पनि प्रदेश सभामा पुगेका छन्।

समानुपातिक तर्फको सीट बाँडफाँड भएसँगै नेताहरू सरकार बनाउने कसरतमा जुटेका छन्। तर, दुवै गठबन्धनको बहुमत पुगेको छैन।

सत्तारुढ गठबन्धनमा रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनमोर्चा र लोसपाको गरी ४१ सीट पुगेको छ। त्यस्तै, विपक्षी गठबन्धनमा रहेका एमाले, जसपा र राप्रपाको ३६ सीट छ। सरकार गठनका लागि ४४ सीट चाहिन्छ।

दुवै गठबन्धनमा बहुमत नपुगेपछि नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी निर्णायक बनेका छन्। दुवै गठबन्धन नागरिक उन्मुक्ति र जनमत पार्टीसँग समर्थनका लागि छलफल गरिरहेका छन्। दुवै पार्टीले कसलाई समर्थन जनाउने भन्ने टुंगो लगाएका छैनन्।

योसँगै मुख्यमन्त्रीका लागि पनि लबिङ शुरू भएको छ। सत्तारुढ गठबन्धनबाट माओवादीका जोखबहादुर महराले दावी गरिरहेका छन्। सत्तारुढ गठबन्धनमा सहमति हुँदा लुम्बिनी माओवादीको भागमा पर्ने र आफू मुख्यमन्त्री बने महराको भनाइ छ। त्यस्तै, अहिलेका मुख्यमन्त्री कुलबहादुर केसी पनि दोहोरिने प्रयासमा छन्।

त्यसैगरी, एमाले नेताहरू पनि आफ्नो नेतृत्वमा सरकार गठनका लागि छलफलमा जुटेका छन्। एमालेबाट लिला गिरी र भूमिश्वर ढकाल मुख्यमन्त्रीको लबिङमा जुटेका छन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like