बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ

हेरचाह, लालनपालन र संरक्षणका लागि आफ्नै घरमा राखिएकी १४ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट १ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा लेटाङ नगरपालिका–२ का ४५ वर्षीय भीम मल्ल रहेका छन्। प्रहरीका अनुसार बालिकालाई बारम्बार बलात्कारको प्रयास गरेको भनेर किटानी जाहेरी परेपछि मल्ललाई बुधबार राति घरैबाट पक्राउ गरिएको हो।

मल्लले घरमा कोही पनि नभएको मौका छोपेर बालिकालाई बलात्कारको प्रयाय गर्ने तथा अश्लिल भिडियोहरु देखाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार मल्ल नेपाली सेनाका अवकाश प्राप्त हवल्दार हुन्।

भीमबाट पीडित भएको भनिएकी बालिका उनकै आफन्तकी छोरी रहेको प्रहरीले जनाएको छ। उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाउने तयारी गरेको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like