कपिलवस्तुमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु

समाचार शेयर गर्नुहोस्

कपिलवस्तुको गोरुसिंगेमा सवारी दुर्घटनामा परी एक जना किशोरको मृत्यु भएको छ । स्कुटरमा सवार अर्घाखाँचीका १७ वर्षीय किशोर साम्राट खनाललाई ट्रकले ठक्कर दिँदा उनको ज्यान गएको हो ।
कपिलबस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ

मृतकका बुवा समेत रहेका स्कुटर चालक लक्ष्मण खनाल भने सामान्य घाइत भएका छन् । प्रहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु २ ख ६५०१ नम्बरको ट्रकले लु ६२ प ८७८४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटरले बाटो काट्ने क्रममा दुर्घटना भएको हो । ट्रक चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको