भारतीय धानको आयातले स्थानीय धानको भाउ घट्यो

समाचार शेयर गर्नुहोस्

लामो समय पछि सुरु भएको भारतीय धानको आयातले स्थानीय किसानले उब्जाएको धानको बजार मूल्य घटेको छ। सरकारले निर्धारण गरेको धानको मूल्य भने घोषणामै सीमित भएको छ।

महँगो बीउ,र मलखाद खरिद गरि उब्जाएको धानको उचित मूल्य नपाउँदा किसानहरु कम मूल्यमै बिक्री गर्न बाध्य भएका छन । यस सिजनमा भदै मोटोधानको सुरुवाती मूल्य भन्दा भारतीय धान आयात सुरुभए पछि प्रती कुईन्टल ३०० र मसिनो धनमा प्रति कुईन्टल २०० को दरले भाउ घटेको स्थानीय ब्यापारीहरुले बताएका छन् ।

भारतीय धानको आयात हुनु अघि रौतहटमा भदै मोटोधानको खरिद प्रति कुईन्टल दुईहजार ७ सयको दरले सुरु भएको थियो । तर भारतीय धानको आयात सुरु भएपछि अहिले त्यही मोटो भदैधान प्रती कुईन्टल दुई हजार ४ सयको दरले खरिद भैरहेको बजरंग गल्ला भण्डार कटहरियाका संचालक भैरोलाल जैसवालले बताएका छन्।

त्यसैगरी भारतीय धानको आयात अघि मसिनो कतरनी धान प्रती कुईन्टल तिनहजार ७ सयको दरले खरिद सुरु भएको थियो। तर भारतीय धानको आयात पछि उक्त मसिनो कतरनी धानको भाउ घटेर हाल प्रति क्विन्टल तीनहजार ५ सयको दरले खरिद भैरहेको संचालक  जैसवालले जानकारी दिएका छन ।

भारत सरकारको अनुदानमा प्राप्त उन्नत बीउ र मलखाद प्रयोग गरि भारतिय किसानले उब्जाएको धानको मूल्य केही कम भएपनी उनिहरुलाई मार्का पर्दैन । तर त्यही बीउ र मलखाद बलेक रेटमा खरिद गरि नेपाली किसानले उब्जाएको धान महँगो पर्ने हुँदा कुनै हालतमा प्रतिस्पर्धा गर्न नसकिने कटहरिया ४ का एकजना किसान गणेश साह कलवारले गुनासो गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको