७४ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा माइतीघरमा प्रदर्शन

समाचार शेयर गर्नुहोस्

७४ औँ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा माइतीघरमा प्रदर्शन गरिएको छ । मानवअधिकारको विश्वब्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ ।

नेपाल मानव अधिकार संगठनले आयोजना गरेको प्रदर्शनीमा न्यायापालिकालाई राजनीतिक हस्तक्षेप मुक्त बनाउनु पर्ने माग राखिएको छ। यस्तै  सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय, संक्रमणकालीन न्यायको बाहानामा नियमित फौजदारी प्रणाली अवरुद्ध नपारियोस, दण्डहीनताको अन्त्य गरियोस् भन्ने लगायतका नाराहरु लेखिएको प्लेकार्ड बोकिएको छ ।
लम्बिदो संक्रमणकाल र राजनीतिक अस्थिरताको कारण नेपालमा मानव अधिकारको अवस्था कमजोर हुँदै गएको छ । विधिको शासनको अभावले गर्दा लामो समयअघिका पीडितले समेत न्याय पाउन सकेका छैनन् ।विगत दशवर्षे सशस्त्र युद्धको समयमा ठूलो संख्यामा हत्या, हिंसा तथा अपहरणजस्ता मानव अधिकार हनन्का घटनाहरु भएका थिए । युद्धका घाउमा मल्हम लगाउने उद्देश्यले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन गर्ने भनिए पनि गठन हुन सकेका छैनन् ।रकर्मीहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको