लहानमा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, एक जना घाइते

काठमाडौं: सिरहाको लहान नगरपालिका- ३ मा गए राति पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा एक जना घाइते भएका छन

दुर्घटनामा पैदलयात्री धनुषाका जनकपुर उपमहानगरपालिका- २३ का २४ वर्षीय मुकेश साह र २२ वर्षीय विवश खनाल घाइते भएका थिए। दुवैको धमिनी अस्पतालमा उपचार भइरहेकोमा उपचारकै क्रममा मुकेशको भने मृत्यु भएको हो।

गए राति साढे ११ बजे बा१९च ६९३२ नम्बरको पिकअपले पैदलयात्रीद्वयलाई ठक्कर दिएको हो। सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like