एमाले सचिवालय बैठक बस्दै, समानुपातिक सांसद र सरकार मुख्य एजेन्डा

नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज पनि बस्ने भएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको टुंगो लगाउन तथा सरकारमा सहभागी हुने या नहने’bout छलफल गर्न एमाले बैठक बस्न लागेको हो ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शुक्रवार स्थगित अहिले बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको जानकारी दिए ।

प्रतिनिधिसभातर्फ समानुपातिक सदस्यमा क–कसलाई पठाउने भन्ने’bout आजको बैठक केन्द्रित हुने बताइएको छ । समानुपातिकतर्फ आकांक्षी धेरै भएकाले एमालेलाई यसको व्यवस्थापन गर्न पेचिलो देखिएको छ ।

नेता रिजालका अनुसार, सरकारको सहभागिताको विषयमा पनि छलफल हुनेछ । निर्वाचन सम्पन्न भएपछि देश नयाँ सरकार गठन गर्नुपर्ने चरणमा आइपुगेको छ । तर अहिलेसम्म यस’bout एमाले अनिर्णित नै छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like